यी व्यक्तिले जमिनमा गाडे ४२ वटा बस, वास्तविकता अगाडि आउँदा धेरैले गरे तारिफ

गते प्रकाशित

एक व्यक्तिले आफ्नी श्रीमतीसँग मिलेर ४२ वटा बस किनेर जमिनमुनि गाडेको खबरले अहिले सनसनी मच्चाइरहेको छ। ती व्यक्तिले आफ्नो घर पछाडिको जमिनमा वर्षौंपहिले ४२ वटा बस गाडेका थिए । उनको यो कामले छिमेकीहरू तीनछक्क परेका थिए तर त्यसको वास्तविकता अगाडि आएपछि मानिसले उनको तारिफ गर्न थाले।

खासमा यी व्यक्तिले श्रीमतीसँग मिलेर गाडिएका बसभित्र एक सुरुङ बनाए । जमीनभित्रको सुरुङले आणविक आक्रमणलाई सहनसक्छ । ब्रुस बीच नामक यी व्यक्तिले भविष्यमा आणविक आक्रमण हुनसक्छ भनी यो सुरुङ बनाएका हुन् । अमेरिका र उत्तर कोरियाबीचको तनावले आणविक आक्रमणको जोखिम बढाएको छ । सन् १९८० देखि नै उनले जमिनमुनि लुक्न र बस्नका लागि सुरुङ निर्माण शुरु गरेका हुन् ।

ब्रुसले घरपछाडि माटोमुनि १० हजार स्क्वेयर फिट चौडा सुरुङ बनाएका हुन् । बयालीसवटा स्कूल बसको सहायताले बनेको यो सुरुङभित्र बस्ने मानिस आणविक आक्रमणबाट सुरक्षित रहन्छ । यसलाई बनाउन ब्रुसकी श्रीमती जीनले पनि सहयोग गरेकी थिइन् । सुरुङको नाम आर्क टु राखिएको थियो ।

ब्रुसले १३ लाख रुपैयाँमा ४२ वटा बस किनेर घरपछाडि गाड्न थालेका थिए । सुरुङमा संसारका सबै सुविधा उपलब्ध छन् । एकचोटिमा ३५० मानिस मज्जाले बस्न सक्छन् । त्यति मान्छेका लागि खाना पनि त्यहाँ राखिएको छ । आणविक युद्ध भइहालेमा ब्रुसको जस्तो सुरुङ संसारलाई आवश्यक हुन्छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   फिल्म ‘सञ्जु’ मा रणवीर र सलमानको सवालजवाफ

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।