अर्काको गल्तीले छेनभरमै करोडपति भइन् यी महिला

काठमाडौं । अमेरिकामा एक गल्तीका कारण एक महिलाको भाग्य बदलियो र उनी करोडपति बनिन् । न्यु जर्सीमा यो घटना भएको हो ।

ओक्साना जहारोभ नामक एक महिला सुपरमार्केटमा शपिङ गर्न गएकी थिइन् । उनले अन्य सामान किन्नुका साथै न्युयोर्क लटरी टिकट पनि किनिन् । स्टोर क्लर्कलाई एक डलरको स्क्र्याच–अफ टिकट माग्दा भूलवश उनले १० डलरको सेट फर लाइफ लटरी टिकट पाइन् ।

जहारोभका लागि यो गल्ती जीवन परिवर्तन गर्ने घटना बन्यो । टिकट स्क्र्याच गरेपछि उनले ५० करोड रुपैयाँ जितिन् ।

उनी भन्छिन्, ‘क्लर्कले मलाई गलत टिकट दिँदा शुरुमा त मलाई नराम्रो लाग्यो । तर जेसुकै होस् भनेर मैले त्यसलाई स्क्र्याच गरें । कहिल्यै केही नजितेको मानिसले एक्कासि यत्ति ठूलो रकम जितें ।’

सेट फर लाइफ टिकटमा शीर्ष पुरस्कार कम्तीमा पनि ५० करोड रुपैयाँ छ र यसलाई २० वर्षसम्म किश्तामा दिइन्छ ।

जहारोभलाई अब प्रत्येक वर्ष दुई करोड ६० लाख रुपैयाँ दिइनेछ । अनि एकचोटि अतिरिक्त भुक्तानीका रूपमा उनलाई ६० लाख रुपैयाँ पनि दिइनेछ ।

जहारोभले ज्याकपोटको राशि परिवारसँग बहामाजमा छुट्टी मनाउनका लागि प्रयोग गर्ने बताएकी छन् । यो पैसाले बच्चाहरूलाई शिक्षादीक्षा दिन पनि सहज हुने उनी बताउँछिन् ।

एजेन्सी

कमेन्ट गर्नुहोस्