विवाह गर्ने मनस्थितीमा श्वेता खड्का

गते प्रकाशित

नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरे लगत्तै एकल महिला बन्न पुगेकी नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिने मनस्थितीमा पुगेकी छिन्।

घर परिवार र साथीभाइबाट विवाहका लागि दबाब आएपछि खड्का विवाह गर्ने सोचमा पुगेकी हुन्। नायिका खड्काले निर्माण गरेको चलचित्र ‘कान्छी’ आउँदो फागुन ४ गते प्रदर्शनमा आउँदैछ। काभ्रेको पनौतीमा जन्मिएकी श्वेता संघर्ष गर्दै चलचित्र क्षेत्रमा आएकी हुन् । तीन वर्ष अघि पति वियोगमा परेकी श्वेताले विवाहका बारेमा खुलेर जवाफ दिएकी छैनन्।

विवाहका बारेमा प्रश्न गर्दा उनले दोस्रो विवाह आफ्नो हातमा नरहेको भन्दै उम्किने गरेकी छिन्। साथै अर्को विवाहबारे उनले दर्शकको चाहनाअनुसार अघि बढ्ने बताएकाले पनि दर्शकले विवाह गर्नुपर्छ भनेर दबाब दिएको खण्डमा उनी विवाह गर्न राजी हुने सम्भावना छ।

पति नायक श्रीकृष्ण श्रेष्ठको निधन पश्चात लामो समय शोकमा परेकी उनी त्यसपछि पहिलो चलचित्र ‘कान्छी’ निर्माण गरेर चलचित्र क्षेत्रमा कमब्याक भएकी हुन् । बाल्यकाल र चलचित्र क्षेत्रमा प्रवेश गर्दा निकै संघर्ष गरेकी उनी यहि क्षेत्रमा आफ्नो समय बिताउने इच्छामा छन् ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   प्रदर्शन उन्मुख चलचित्र 'यो पागल मन' को गीत सार्बजनिक (भिडियो सहित)

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।