यस्तो मन्दिर जहाँका भगवान केही बेरका लागि हुन्छन् गायब !

मानिसहरु भगवानको पूजा आराधना र आफ्ना मनोकामना पूरा गर्नका लागि मन्दिरहरुमा जान्छन् । जहाँ उनीहरु आफ्नो मनोकामना पूरा गर्नका लागि भगवानको आराधना, उपासना, पूजा गर्छन् ।

हिन्दू धर्ममा आस्थावानहरु विभिन्न देवी देवताको उपासनाका लागि मन्दिरहरुको दर्शनका लागि जाने गरेका छन् ।

नेपालका विभिन्न मठमन्दिरका आ आफ्नै विशेषता रहेका छन् । धेरै नेपालीहरु भारतका विभिन्न स्थानमा रहेको तिर्थस्थलहरुको भ्रमण र पुजा आजामा जाने गरेका छन् ।

भारतमा काशी, गंगोत्तरी, गया, हरिद्वार लगायका स्थानमा नेपालीहरु समेत पुग्ने गरेका छन् भने भारतीयहरु पशुपति, मुक्तिनाथ लगायतका मन्दिरको दर्शनका लागि नेपाल आउने गरेका छन् । सवै मठमन्दिरका आ आफ्नौ पौराणिक र सांस्कृतिक महत्व रहेको छ ।

तर यस्तो मन्दिरको बारेमा आज हामी जानकारी दिन गइरहेका छौं जहाँ भगवान केही समयका लागि श्रद्धालु भक्तका आखाँबाट ओझेल पर्नुहुन्छ ।

यस्तो मन्दिर भारतको गुजरातको कावीमा रहेको छ जसलाई स्तम्भेश्वर महादेवको मन्दिरको रुपमा लिइन्छ । जहाँ भगवान शिवको शिव लिंग रहेको छ जुन केही समयको लागि गायब हुन्छ । र, केही क्षणपछि पुनः देख्न पाइन्छ । यस्तो कसरी सम्भव भयो होला ?

तर, यो वास्तविकता हो ।

अरब सागरको किनामा रहेको यो मन्दिर सागरमा आएको छालले पूर्ण रुपमा पुर्ने गरेको छ । तव समुद्रमा ठूलो छाल आउँछ त्यस बेला यो मन्दिरको शिवलिंग पूर्ण रुपमा जलमग्न हुन जान्छ जसकारण केही बेरका लागि यो मन्दिरमा भगवानको आकृति देख्न पाइदैन ।

उक्त मन्दिरमा तव मात्र जान दिइन्छ जब छाल कम आउने बेला हुनेछ । या त्यहाँ जाँदा कुनै खतराको महशुस हुन्न । महाशिवरात्रि र औंशीमा यो मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ ।

धर्म शास्त्रमा यो मन्दिरको व्याख्या गर्रिको छ । उक्त मन्दिरमा शिवभगवान स्वयं विराजमान रहेका कारण समुन्द्र देवता भगवानको जलाभिषेकका लागि आउँने र जाने गरेको व्याख्या गरिएको छ । छाल आएको समयमा मन्दिरको गजुर मात्र देख्न सकिन्छ । यो मन्दिरको स्थापना स्वयं जलदेवताले गरेको श्रुतिहरु रहेको छ ।

कमेन्ट गर्नुहोस्