हातका यी भाग दबाउँदा धेरै समस्या भाग्छन्

गते प्रकाशित

काठमाडौं । धेरैजसो मान्छेलाई जतिखेर पनि कुनै न कुनै समस्या वा पीडाले सताइरहेको हुन्छ । कहिले टाउको दुख्छ, कहिले तनाव हुन्छ । यस्तोमा मान्छेले महंगा औषधि किनेर खान्छन् तर खासै फाइदा भने भइरहेको हुँदैन।

तर शरीरका केही विन्दुमा केही सेकेन्ड थिच्दा स्वास्थ्यका अनेकथरी समस्या समाधान हुन्छ भन्ने तपाईंलाई थाहा छ ? यहाँ हामी हातका केही यस्ता विन्दुहरूका बारेमा बताउँदैछौं जसलाई केहीबेर थिच्दा तपाईं कुनै पनि पीडाबाट मुक्त हुन सक्नुहुन्छ।

तनाव
तपाईं प्रायः तनावमा हुनुहुन्छ भने औषधिको सहारा नलिनुसे । हातको कान्छी औंलामुनिको नाडीमा हलुका दबाब दिनुस् । केही समय यसरी दबाब दिँदा तनाव हट्छ।

अपच र चिन्ता
हत्केलाभन्दा लगभग तीन सेन्टीमिटर तलको भागलाई दबाउँदा अपच र चिन्ता जस्ता स्वास्थ्य सम्बन्धी समस्या हट्छन्।

बाडुली
अचानक बाडुली लाग्यो र रोकिएन भने हत्केलाको बीच भागमा थिच्नुस्। बिस्तारै बाडुली हट्छ।

गर्दनको पीडा
गर्दनमा तीव्र पीडा भएमा चोरी औंला र माझी औंलाबीचको भागमा दबाउँदा पीडा शमन हुन्छ।

दाँतको पीडा
दाँतको पीडा हुँदा बूढी औंलाको चारैतर्फ दबाब बनाउनुस् । यसबाट पीडा शान्त हुन्छ।

पेटको समस्या
ग्यास भरिने र पेट दुख्ने समस्या हुँदा पनि हत्केलाको बीच भागमा दबाउँदा समस्या सुल्झिन्छ। एजेन्सी

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।