बिरामी आमाको पीडा कम गर्न भन्दै आफ्नै छोराले छतबाट धकेलिदिए

गते प्रकाशित

बिरामी भएर ओच्छ्यानबाट उठ्न नसक्ने आमालाई आफ्नै छोराले छतमा लगेर धकेलिदिएका छन् । दिमागमा स्ट्रोकका कारण आमा ओच्छ्यानबाट उठ्न नसक्ने भएकी थिइन् । पेशाले प्राध्यापक रहेका छोरा उनको स्याहारसुसार गर्दा दिक्क भएपछि उनलाई छतबाट धकेलेर मारिदिएका हुन्।

घटना अघिल्लो वर्षको सेप्टेम्बरमा भएको थियो र यसको खुलासा हिजो भएको हो। पहिले प्रहरीले यो घटनालाई आत्महत्या मानेर फाइल बन्द गरिसकेको थियो । यही बीचमा प्रहरीलाई एउटा बेनामी चिठी आयो । चिठीका आधारमा प्रहरीले त्यहाँको सिसिटिभी फुटेजको खोजतलास गर्दा छोराको कर्तुत खुलेको हो।

सन्दिप नाम गरेका ती छोरा भारतको गुजरातमा प्राध्यापक थिए । उनकी आमा जयश्रीबेन शिक्षिका थिइन् र पछिल्लो समय ब्रेन ह्यामरेजका कारण उठ्न नसक्ने अवस्थामा थिइन् । गएको सेप्टेम्बर २७ मा उनको छतबाट खसेर मृत्यु भएको थियो । प्रहरीले आत्महत्या भनेर केसको फाइल बन्द गरेको थियो । लगत्तै प्रहरीलाई कसैले गुमनाम चिठी पठायो जसमा हत्याको आशंका गरिएको थियो । यसपछि प्रहरीले सिसिटिभी फुटेज हेर्दा सन्दिपले नै हिँडडुल गर्न नसक्ने आमालाई छतमा लैजाँदै गरेको देखियो । प्रहरीले कडाइका साथ सोधेपछि सन्दिपले आफ्नो अपराध कबुल गरेका हुन्।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।