…जब किपरले बल ठानेर आफ्नै टिमका साथीको टाउँको समाते

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको वेष्ट ह्याम र लण्डन क्लब टोटनह्यामबीचको खेलमा निकै रोचक दृष्य देखियो।

जब खेलमा गोलरक्षक एड्रियनले बलको साटो आफ्नै टिमका खेलाडीको टाउको समात्न पुगेका थिए। वेम्बलीमा भएको खेलमा कर्नर किकको बल रोक्ने प्रयासमा रहेका एड्रियनले आफ्नै टिमका खेलाडी चेखाउ कोयाटेको टाउको समातेका हुन्। बल समात्न लागेका एड्रियनले बल ठानेर कोयाटेको टाउको समातेका थिए। उक्त तस्वीर अहिले समाजिक सञ्जालमा भाइल बनेको छ। उनका समर्थकले बलको आकार भएको जस्तोसुकै बस्तु समात्न र रोक्न सक्ने गोलरक्षक बन्दै समर्थन गरेका छन्।

गएराति भएको खेलमा वेष्ट ह्यामले लण्डन क्लब टोटनह्यामलाई १–१ को बराबरीमा रोकेको थियो। टोटनह्यामलाई बराबरीमा रोक्नुमा वेष्ट ह्यामका स्पेनिस गोलरक्षक एड्रियनको महत्वपूर्ण भूमिका छ।

कमेन्ट गर्नुहोस्