फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्यदर

गते प्रकाशित

काठमाडौँ । नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु एक/एक मूल्यवृद्धि गरिएको छ। यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ३ बढाइएको छ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रति लिटर रु १०२, डिजेल र मट्टितेल प्रति लिटर रु ७९/७९, खाना पकाउने ग्यास प्रति सिलिण्डर रु एक हजार ३ सय ७५ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु ९० कायम गरिएको छ।

भारतीय आयल निगमले नयाँ मूल्यसूची पठाएपछि इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   डुंगाबाट सेल्फि खिच्न खोज्दा फेवातालमा डुबेर एक युवक वेपत्ता

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।