एउटा मात्रै जुत्ता लगाएका मेस्सीले मिलाएको त्यो पास…

गते प्रकाशित

अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सीले एउटा जुत्ता खुट्टाबाट फुस्किनुका बाबजुद आफ्नो टिमको गोलमा पास मिलाउन सफल भएका छन्।

चिरप्रतिद्वन्द्वी बार्सिलोना र रियल मड्ड्रिडबीचको महाभिडन्तमा उनले एउटा खुट्टामा मोजा मात्र लगाएको अवस्थामा गोलका लागि पास मिलाएका थिए ।

मेस्सीप्रेरित बार्सिलोनाले रियलविरुद्ध ३-० को स्मरणीय जित निकालेको छ । सो खेलमा लुइस सुआरेजले पहिलो गोल गरे भने मेस्सीले पेनाल्टीबाट एक गोल थपे ।

मेस्सीकै पासमा एलेक्स भाइडलले तेस्रो गोल हानेका थिए । सो पास मिलाउँदा मेस्सीको दायाँ गोडामा जुत्ता थिएन ।

इन्जुरी टाइममा मेस्सीले मार्सेलोलाई गतिमा उछिन्दै बल नियन्त्रणमा लिएर भाइडललाई पास दिएका थिए जसलाई भाइडलले गोलमा परिणतत गरे । त्यसपछिको सेलिब्रेसनमा मात्रै सबैले मेस्सीको एउटा खुट्टामा जुत्ता नभएको थाहा पाए ।

मेस्सीले कतिबेला जुत्ता फुस्काएका थिए भन्ने चाहिँ पत्ता लागेको छैन । जे होस, यो गोलको अहिले सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।