The news from New Generation with new vision.

भक्तपुर २ मा रोचक मतपरिणाम : मादललाई तराजुले जित्यो

काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले कांग्रेसका उम्मेदवारसँगको मतान्तर दोब्बर बनाउनु भएको छ।

पूर्व सभामुख दमननाथ ढुङ्गाना वाम गठबन्धबाट एमालेका उम्मेदवार बस्नेतसँग निरीह देखिनुभएको छ । बेलाबेलामा आफू कांग्रेस नै नभएको बताउँदै आउनुभएका उहाँले आश्चर्यजनक तरिकाले चुनावी टिकट पाउनुभएको थियो।

बस्नेतको २० हजार १ सय ७३ मत रहेको छ भने कांग्रेसका ढुङ्गानाको १० हजार ३ सय २४ मत रहेको छ। देशैभरी वाम गठबन्धनले अग्रता बनाइरहेको समयमा ढुङ्गाना पनि वाम गठबन्धनकै छायाँमा पर्नुभएको हो।

त्यस्तै विवेकशील साझाका शशिबिक्रम कार्कीको १ हजार ४ सय २४ र नेककिपाकी अनुराधा थापा मगरको १ हजार २ सय मत रहेको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   भरतपुरमा भ्यान दुर्घटना, एक जनाको मृत्यु
सम्बन्धित पाेष्टहरु