चर्चित कलाकार पशुपति शर्माले कसलाई हाले भोट  ?

गोविन्द मरासिनी, स्याङ्जा । आज ४५ जिल्लामा दोस्रो चरण अन्तर्गतको निर्वाचन जारी छ। देशभर स्थानीय, शिर्ष नेता तथा कलाकारहरूले उत्साहजनक रूपमा मतदान गरिरहेका छन्। यसैबीच चर्चीत लोककलाकार पशुपति शर्माले पनि मतदान गरेका छन्।

मतदानकै लागि काठमाडौंबाट आफ्नै गृह जिल्ला स्याङ्जा आएका शर्माले पुतलीबजार नगरपालिका वडा नँ ३ मा रहेको पुण्यशिला आधारभूत प्रा।वि। निरबिरे मतदान केन्द पुगेर मतदान गरेका हुन्।

अधिकाशँ कलाकारले राजनीतिक गीतहरू गाइरहेका बेला शर्माले भने यो पटकको निवार्चनमा जनताले जित्नुपर्छ भनेर गीत समेत सार्वजनिक गरेका थिए। शर्मालाई मतदान पश्चात कसलाई भोट दिनुभो भनेर नयाँ पुस्ताले राखेको प्रश्नमा शर्माले मतदान गोप्य हुने हुँदा आफूले सार्वजनिक गर्न नचाहेको बताए।

भोट हाल्ने एक प्रक्रिया भएको र ज-जसले जिते पनि निस्वार्थ भावनाले देश र जनताका लागि काम गर्नुपर्ने शर्माको ठहर छ।

कमेन्ट गर्नुहोस्