नेपालले युएइलाई दियो २ सय २२ रनको लक्ष्य

काठमाडौं । विश्व विक्रेट लिग च्याम्पियनसिपमा नेपालले युएइलाई २ सय २२ रनको लक्ष्य दिएको छ। युएईको अबुधावीमा टस हारेर व्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनाएको हो।

नेपालका लागि शरद भेषवाकरले अविजित ८१ रनको योगदान दिए । यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ५४, कप्तान पारस खड्का र सोमपाल कामीले समान २०/२०, दिलिप नाथले १६ तथा बसन्त रेग्मीले अविजित २० रनको योगदान दिए । २ सय २२ रनको लक्ष्य लिएर घरेलु टोली युएईले अहिले केहीबेरमा जवाफी व्याटिङ गर्दैछ।

च्याम्पियनसिपको शिर्ष ४ टीममा पर्ने सम्भावना यसअघि नै सकिएका दुवै टोली डिभिजन टूमा झरिसकेका छन् । दुवै टीमले आजको खेललाई डिभिजन टूको तयारीका लागि महत्वपुर्ण हुने बताएका छन् ।

कमेन्ट गर्नुहोस्