आज पनि सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ बिहीबार पनि घटेको छ । बिहीबार सुन तोलामा २ सय रुपैयाँ र चाँदी १० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुनको मूल्य तोलाको ५५ हजार रुपैयाँ तथा चाँदी ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ। अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले नेपालमा पनि सुनचाँदीको भाउ केही सस्तो भएको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्