बार्सिलोनाले जित्यो, म्याथ्युले इन्जुरी समयमा उपहार गोल

गते प्रकाशित

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको स्पेनिस क्लब बार्सिलोनाले समूह चरणको अन्तिम खेलमा जित निकालेको छ।

घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बार्सिलोनाले स्पोर्टिङ लिस्बोनलाई २–० ले हराएको हो । बार्सिलोनाको जितमा पाको अलकेसरले गोल गरे भने अर्को एक गोल स्पोर्टिङका जेरेमी म्याथ्युले आत्मघाती गोल गरे। लियोनल मेस्सी ६१ औं मिनेटमा मैदान छिर्दै ।

अन्तिम खेलसम्म अन्तिम १६ मा पुग्ने सम्भावनाका लागि संघर्ष गरिरहेको स्पोर्टिङको सपना बार्सिलोनाका अलकेसरले ५९ औं मिनेटमा गरेको गोल तथा स्पोर्टिङका म्याथ्युले इन्जुरी समयका गरेको आत्मघाति गोल बाधक बन्यो । यस्तै यहि समूहको युभेन्टसको जित पनि उसको बाटोमा बाधक बन्यो । म्याथ्युले आफ्नो पूर्व क्लबका लागि उपहार गोल गरेका हुन् । जितपद्धि समूह ‘डी’ को विजेता बार्सिलोनाको १४ अंक भयो । यस्तै राति नै भएको खेलमा ओलम्पिआकोसलाई २–० ले हराएको युभेन्टसले समूह उपविजेताको रुपमा अन्तिम १६ मा स्थान पक्का गरेको छ । अवे मैदानमा भएको खेलमा युभेन्टसलाई जिताउन कुएड्राडो र बेर्नाडेस्चीले गोल गरे । युभेन्टसको ११ अंक भएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।