म्यानचेस्टर युनाइटेडले गर्‍यो दुई मिनेटमा दुई गोल, बन्यो समूह विजेता

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड समूह ‘ए’ को विजेताको रुपमा च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ। घरेलु मैदानमा मंगलबार राति भएको समूहको अन्तिम खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले सिएसकेए मस्कोलाई २–१ ले हरायो ।

पहिलो हाफमा १–० ले पछि परेको युनाइटेडले दोस्रो हाफमा गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो । ४५ औं मिनेटमा विटिन्होको गोलबाट मस्कोलो सुरुवाति अग्रता लिएको थियो।तर ६४ औं मिनेटमा रामेलु लुकाकुले युनाइटेडका लागि बराबरी गोल गरे।

त्यसको दुई मिनेटपछि मार्कस राशफोर्डले युनाइटेडका लागि विजयी गोल गरे । जितपछि ६ खेलबाट १५ अंक जोडेको युनाइटेड समूह विजेता बन्यो । यस्तै राति नै भएको खेलमा बेन्फिकालाई २–० ले हराएको एफसी बासेल समूह उपविजतोको रुपमा अन्तिम १६ मा पुगेको छ । उसको ६ खेलबाट १२ अंक भएको छ ।

कमेन्ट गर्नुहोस्