कुवेत-काठमाडौँ-कुवेत सिधा उडान भोलिदेखि

काठमाडौँ। भोलिदेखि कुवेत-काठमाडौँ-कुवेत सिधा उडान शुरु हुँदैछ। कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत-काठमाडौँ प्रत्यक्ष उडान शुरु गर्न लागेको हो।

उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग आज कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

काठमाडौँ-कुवेत सिधा उडानबाट नेपाल-कुवेत सम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल भ्रमण गर्न सहज हुने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्