इन्जुरी समयमा उल्टियो परिणाम, गोलकिपरले बनाए इतिहास

गते प्रकाशित

एजेन्सी । इन्जुरी समयमा गोल किपरले इटालियन सिरी ए फुटबलमा नयाँ इतिहास बनाएका छन्। पहिलो पटक इटालीको शीर्ष लिग सिरी ए खेलिरहेको बेनेवेन्तोका गोल किपरले इन्जुरी समयमा गोल गर्दै सबैलाई अचम्मित बनाएका हुन्।

बेनेवेन्तोले गोलरक्षकको गोलबाट लिगमा पहिलो अंक जोडेर नयाँ इतिहास बनाएको हो। पहिलो पटक सिरी ए खेलिरहेको वेनेवेन्तोले लिगका १४ खेलसम्म आउँदा एक अंक पनि जोड्न सकेको थिएन। तर लिग अन्तर्गत गएराति भएको खेलमा बलियो टिम एसी मिलानलाई २–२ को बराबरीमा रोक्दै बेनेवेन्तोले लिगमा पहिलो अंक जोड्यो।

खेलको इन्जुरी समयसम्म पनि बेनेवेन्तोलाई लिगमा अंकको खाता खोल्न अर्को खेल पर्खनु पर्ने जस्तो देखिएको थियो। तर इन्जुरी समयको पाँचौं मिनेटमा गोलरक्षक अल्बर्टो ब्रिग्नोलीले हेड मार्फत गोल गर्दै टिमलाई हारबाट जोगाए र क्लबलाई ऐतिहासिक एक अंक दिलाए।

२६ वर्षका ब्रिग्नोली युभेन्टसबाट लोनमा बेनेवेन्तो गएका हुन्। तर उनले युभेन्टसबाट एक खेल पनि खेलेका छैनन्।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।