आजको विनिमय : रियाल, दिर्हाम र रिंगेटको मूल्य स्थिर

काठमाडौं, १८ मंसिर । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४२ पैसा र विक्रिदर २७ रुपैयाँ ५८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २५ पैसा र विक्रिदर २८ रुपैयाँ ४१ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ र विक्रिदर २८ रुपैयाँ १६ पैसा तोकेको छ । मलेसियन रिंगेट एकको खरिददर २५ रुपैयाँ १५ पैसा र विक्रिदर २५ रुपैयाँ ३० रहेको छ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४९ पैसा र विक्रिदर ९ रुपैयाँ ५५ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४० रुपैयाँ ९५ पैसा छ भने विक्रिदर ३ सय ४२ रुपैयाँ ९४ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २ सय ७२ रुपैयाँ ४५ पैसा र विक्रिदर २ सय ७४ रुपैयाँ ०३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्।

कमेन्ट गर्नुहोस्