टेस्ट क्रिकेटको पहिलो दिनमै कोहलीको चमत्कार !

एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ५२औं शतक पुरा गरेका छन्। नयाँ दिल्लीमा शनिबार गएको श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा कोहलीले शतक ५२ औँ शतक पुरा गरेका हुन्। टेस्ट जितेर पहिले ब्याटिङ गरेको भारत श्रीलंकाका लागि भारी बन्यो । यो जित सँगै कोहलीले शनिबार नै टेस्ट क्रिकेटमा ५ हजार रन पूरा गरेका छन्।

कोहलीको टेस्ट क्रिकेटमा यो २०औं शतक हो। कोहलीले एकदिवसीय क्रिकेटमा ३२ अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन्। व्यक्तिगत रुपमा छिटो शतक बनाउने खेलाडीमा कोहली पहिलो बने। उनले १ सय १० बलमा १४ चौका प्रहार गर्दै शतक बनाएका हुन्।

टेस्ट क्रिकेटमा लगातार तेस्रो शतक प्रहार गरेका कोहलीले सन् २००२ मा राहुल द्रबिडले लागतार तीन शतक प्रहार गरेको रेकर्डसँग बराबरी गरेका छन्।

कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा बढी शतक बनाउने खेलाडीको सूचीमा आठौं नम्बरमा छन्।

 

कमेन्ट गर्नुहोस्