फोनमा टाइमपास गर्दागर्दै अचानक खुल्यो श्रीमानको पोल, घरैमा गर्थे लाजमर्दो काम

एजेन्सी। एक महिलाले बिहानै टाइमपास गर्ने उद्देश्यले आफ्नो फोन चलाउँदै गर्दा अचानक उनका श्रीमानको पोल खुलेको छ । उनले बिहानै त्यत्तिकै आफ्नो फोनमा इन्स्टाग्राम चलाइरहेकी थिइन् । यत्तिकैमा उनले आफ्ना श्रीमानकी साथी व्लादा इब्राहिमोविचका फोटोहरु हेर्न थालिन् । फोटो हेर्दै गर्दा उनका आँखा एउटा फोटोमा पुगेर रोकिए । उनलाई त्यो फोटो चिनेजस्तो लाग्यो । ध्यान दिएर हेर्दा उनले थाहा पाइन् त्यो फोटो त उनको आफ्नो बेडरुममै खिचिएको थियो ।

रुसकी युलिया नामकी ती महिलाले आफ्ना पति नजर ग्रीन्कोले उनलाई यसरी धोका दिइरहेको त्यतिबेलासम्म पत्तै पाएकी थिइनन् । तर नजरले युलिया घरमा नभएको बेला व्लादालाई घरमै बोलाउने गरेका रहेछन् । ब्लादा पनि त्यही सहरमा बस्थिन् र आफ्ना इन्स्टाग्राम फोटोका कारण निकै चर्चामा रहन्थिन् । युलियाले व्लादाको फोटोको तल कमेन्ट लेखिन् ‘मेरो बेडरुमको सुन्दर दृश्य’ । त्यसपछि युलियाले यसबारे नजरलाई सोधिन् । तर नजरले त्यस दिन व्लादालगायत आफ्ना अरु साथीहरु पनि घरमा आएको र त्यतिबेलै फोटो खिचेको हुन सक्ने बताए ।

नजरले त्यस दिन सबै साथीहरु घरमा आएको र केहीबेरमा फिल्म हेर्न गएको बताए पनि युलियालाई विश्वास लागेन । युलियाले पनि साथीहरुसँग घरको अरु ठाउँमा गए पनि बेडरुममा गइँदैन भनेर सोधेपछि नजरले अन्त्यमा व्लादासँग आफ्नो सम्बन्ध भएको स्वीकार गरे । युलियाका अनुसार नजरले उनीसँग माफी माग्दै आफूले उनलाई धेरै माया गर्ने र डिभोर्स दिन नचाहेको बताएका थिए । तर युलियाले भने माया गर्ने भए धोका दिनेबारे सोच्न पनि नसकिने जवाफ दिएर सम्बन्धविच्छेदका लागि अदालत पुगेकी छिन् ।

 

कमेन्ट गर्नुहोस्