डा. रामशरण महतलाई लक्षितगरी शक्तिशाली एम्बुस विष्फोट, ५ जना घाईते (फोटो सहित)

काठमाडौँ, १ मंसिर । नुवाकोट क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार डा. रामशरण महतलाई लक्षित गरी शक्तिशाली एम्बुस विष्फोट भएको छ । बिष्फोटमा परी ५ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन्। उनीहरू मध्ये ३ जनालार्इ हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ भने समान्य घाइते २ जनाको स्थानीय अस्पतालमै उपचार गरिएको प्रमुख जिल्ला अधिकारी जदिशराज बरालले बताउनु भएको छ।बम विस्फोटमा परेको गाडी उत्तानो परेर पल्टिएको छ भने सडकमा ठूलो खाल्डो भएको छ। ‘सडकमा ठूलो खाल्डो भएको छ। उम्मेदवार डा. रामशरण महतले भाग्य ले बचेको प्रतिक्रिया दिएका छन् भने एम्बुस बारेमा बिप्लव ले नभएर बिपक्षी ले गरेको आरोप समेत लगाएका छन्।

कमेन्ट गर्नुहोस्