हिडेन लाइफ फाउन्डेसनद्धारा ६ महिला बन्दीको उद्धार

काठमाडौँ । जेलमा परेका ६ महिला बन्दीहरुलाई आज हिडेन लाइफ फाउन्डेसनले उद्धार गरेको छ । जगन्नाथ देवल सुन्धरा कारागारमा विगत दुई महिना देखि वर्षदिन अगाडि विभिन्न मुद्धामा जेल परेका ६ महिला बन्दीहरुलाई आज जेलबाट उद्धार गरिएको हो । उनीहरु सार्वजानिक अपराध अन्र्तगत जगन्नाथ देवल कारागारमा कैदी जीवन बिताँउदै आएका थिए।
 
धरौटी रकम तिर्न नसकेर उनीहरु जेल जीवन बिताँउदै आएका थिए । हिडेन लाइफ फाउन्डेसनले उनीहरुको तिर्न बाँकी धरौटी रकम तिरेर आज जेलबाट निकालेका हो । जगन्नाथ देवल र कारागार विभागको संग्लग्नतामा आज ती बन्दीहरु निकालिएको संस्थाका महिला तथा बालबालिका उद्धार विभागका प्रमुख नविन अग्रवालले जनाउनुभयो।
उनीहरुको धरौटी रकम सात हजारदेखि दश हजारसम्म धरौटी तिर्न बाँकी थियो । चार महिलाको सात हजार र दुई महिलाको दश हजारका दरले ४८ हजार रुपैंया धरौटी तिरेर हिडेन लाइफ फाउन्डेसनले उनीहरुलाई आज उद्धार गरेको संस्थाका काठमाडौं निर्देशक ललित जोधनीले बताउनुभयो । हालै मात्र संस्थाको संरक्षक तथा सल्लाहकारमा नियुक्त हुनुभएका विज्ञानराज शर्माको सहयोग रहेको थियो।
त्यस्तै ती बन्दीहरु छुटाउनका लागि सिकन्दर खड्का, रञ्जु श्रेष्ठ, दिनेश खड्का, अरुणा थुपुङ (बहराइन),सञ्जय कुमार कन्दोई लगायतले आर्थिक सहयोग उपलव्ध गराएका थिए । फासंस्था राजकुमार अधिकारी, कृष्ण खनालहरुको सहयोग थियो। संस्थाले हालसम्म ७२ जना बन्दीहरु छुटाइसकेको छ । संस्थाका संस्थापक विवेक उपाध्यायका अनुसार, हाल देशभरका जेलहरुमा १९ हजारभन्दा बढी कैदी बन्दीहरुछन्।
 
जेलमा परेर धरौटी तिर्न नसकेका बन्दीहरुलाई क्रमैसँग छुटाँउदै जाने संस्थाको योजना रहेको छ । देशमा मात्र नभई विदेशी जेलमा रहेका कैदीहरुलाई समेत निकाल्ने संस्थाको योजना छ। जेलबाट उद्धार गरिसकेपछि ती बन्दीहरुलाई रोजगारको व्यवस्था समेत संस्थाले गर्दै आइरहेको छ।
कमेन्ट गर्नुहोस्