अन्तत: शरद गौचनको हत्यामा संलग्न पक्राउ, पक्राउ पर्नेको नाम भने गोप्य

काठमाडौं, २८ कार्तिक । निर्माण व्यवसायी संघका अध्यक्ष शरद कुमार गौचन हत्याको अभियोगमा केहि व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । गत असोज २३ गते गौचनको वानेश्वमार दिननदहाडै गोली प्रहार गरी हत्या भएको थियो।

गौचनको हत्याबारे छानबिन गर्न बनेको समितिका संयोजक रहेका महानगरीय प्रहरी कार्यालयका डिआईजी गणेश केसीले हत्यामा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको जनाएका छन् । यद्यपी उनले उनीहरु सुटर नै हुन् या होइनन् भन्नेबारे भने केहि खुलेको छैन्।

प्रहरीले यसबारे थप जानकारी दिन नेपाल पुलिस क्लबमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ। २३ गते दिउँसो दिउँसो काठमाडौंको शान्तिनगर, खरिबोटस्थित घरबाट निस्केर अलि पर पुगेका गौचनमाथि दुईजना व्यक्तिले गोली हानी भागेका थिए। गौचन चढेको गाडीको अगाडिबाट गोली हानिएको थियो। गौचनमाथि तीनओटा गोली हानिएको थियो।

कमेन्ट गर्नुहोस्