मलेसियाविरुद्ध नेपालको सानदार जीत, ८ विकेटले विजयी

क्वालालम्पुर । एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपाल ८ विकेटले विजयी भएको छ ।

नेपालले मलेसियाबाट पाएको ४६ रनको लक्ष्य ५.३ ओभरमा २ विकेट खर्चेर पूरा गर्यो ।
नेपालका लागि अनिला साह नटआउट २६ रन बनाए भने कप्तान दिपेन्द्रसिंह ऐरीले १२ तथा आशिफ शेखले ४ रन बनाए ।

बर्षाका कारण ५ घण्टा ढिलो गरी शुरु भएको खेलामा मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन मात्रै बनाउन सक्यो । नेपालले टस जितेर फिल्डिङ रोजेको थियो।

नेपालका लागि सन्दिप लामिछाने एक्लैले ५ विकेट लिए । नेपाली टीमका कप्तान दिपेन्द्रसिंह ऐरी र शहवाव आलमले समान २–२ विकेट लिए भने अनिल कुमार शाहले १ विकेट लिए । बर्षाका कारण ५० ओभरको खेललाई २४ ओभरमा छोट्याइएको थियाे ।

कमेन्ट गर्नुहोस्