काठमाडौं क्षेत्र नं ३ (क) का प्रदेश उम्मेद्वार छिरिङ लामा को हुन् ?

काठमाडौँ, २८ कार्तिक ।  एक असल युवा, सरल र इमान्दार छवि भएका व्यक्तित्व जीवन भएका सामाजिक र राजनीतिक क्षेत्रमार्फत समाज र राष्ट्रकै विकास लागि निरन्तर क्रियाशिल व्यक्ति हुन छिरिङ दोर्जे लामा। उनले विद्यार्थी कालबाटै आफ्नो राजनीतिक जीवनको यात्रा सुरुवात गरेर समाज परिवर्तनका निम्त्ति खटिए। त्यस्तै पार्टी र स्थानीय मतदाताको स्नेह र सदभाव पाएकै कारण आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा होमिएका छन्।

काठमाडौं महानगरपालिका स्थित वडा–६, बौद्धमा बुबा चन्द्रबहादुर लामा (प्रेम) र आमा बुद्धिमाया लामाको कोखबाट जन्मिएका छिरिङ लामा सामाजिक कार्यकर्ताका रुपमा स्थानीयहरुमाझ चिरपरिचित व्यक्ति हुन् । उनले विं.सं. २०५१ सालबाटै नेपाल विद्याथी संघको साधारण सदस्यताबाट औपचारिक रुपमा राजनीतिक जीवनमा प्रवेश गरेसंगै विभिन्न नेतृत्व तहसम्म पुगेर कार्य सम्पादन गर्दै आएका छन्।

                                                                चुनावी कार्यक्रममा बोल्दै काठमाडौं क्षेत्र नं ३ (क) का उम्मेद्वार छिरिङ लामा

त्रि–चन्द्र क्याम्पसबाट भू–गर्भ शास्त्रमा स्नाकोत्तर गरेका लामा क्याम्पसको २०५५ सालमा भएको स्वातन्त्र विद्यार्थी युनियन (स्ववियु) मा नेवि सघंबाट सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै २०५७ सालमा भएको स्ववियुमा उनको विद्यार्थीहरुको माया सदभाव र सक्रियताकै आधारले सहसचिव पदमा निर्वाचित भएका थिए।

राजनीतिक दौरानकै क्रममा २०६१ मा नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमितिमा सहमहामन्त्रीमा निर्वाचित भए। त्यस्तै नेपाली काँग्रेसको १२औं महाधिवेशन बाट काठमाडौँ जिल्ला कार्यसमितिको जिल्ला सदस्य निर्वाचित उनी हाल काठमाडौं क्षेत्र नं. ३ अन्र्तगत प्रदेशसभा १ अर्थात् (क) मा नेपाली काँग्रेको तर्फबाट उम्मेद्वारी बनेका छन्।

युवादेखि वृद्धसम्म लोकप्रिया छिरिङ लामा आफ्नो चुनावी अभियानलाई तिब्र रुपमा अगाडी बढाएको बताउँछन्। शिक्षित प्रखर व्यक्तित्वका धनि लामा सरल स्वभाव र असल आचारणकै कारण सबैको नजरमा लोकप्रिया छन्। त्यस्तै बौद्धनाथ क्षेत्र विकास कोषमा समेत कार्यकारी निर्देशकको रुपमा काम गर्दै अनुभाव बढुलेका उनले विकास निर्माण देखि सामाजिक विकास र परिवर्तनका बारेमा भरिपूर्ण ज्ञान भएको मानिन्छ।

चुनावी अभियानमा उनी खुलेरै मतदाताहरुसंग भन्छन् विकास र परिवर्तनका लागि योग्य र अनुभावका आधारमा युवा उम्मेद्वार छान्नुस् निर्वाचितपछि तपाईहरुकै निर्देशनमा रहेर काम गर्नेछु। काम गर्ने अवसर प्रदान गर्नुस् भन्दै मतदाताहरुलाई मत माग्दै छन्। आफुलाई जनताको सकारात्मक साथ र सुझाव आईरहेको बताउँदै आफु यो प्रदेशसभा निर्वाचनमा जित्ने दावी गरेका छन्। हाम्रो पनि शुभकामना छिरिङ लामालाई।



Free Visits Counter

कमेन्ट गर्नुहोस्