यो कसको अँगालोमा पुगिन् नम्रता ?

काठमाडौं । ‘पिउने पनि रहर छ’ बोलको गजलको म्यूजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गजल गायक थानेश्वर गौतमको स्वर रहेको भिडियोमा श्याम रेग्मीको शब्द र गायक गौतमकै संगीत सुन्न सकिन्छ। चर्चित निर्देशक रोजल थापाले यो भिडियो निर्देशन गरेका हुन्। सुरेश राउतको सम्पादन रहेको भिडियोका छायाँकार रामेश्वर कार्की हुन्।

भिडियोमा गायकलाइ आफै पनि हातमा मदिरा बोकेर झुमी रहेको देख्न सकिन्छ। यसअघि थानेश्वर गौतमले ‘विर्सिएर श्रृगारमा गाजल लगाइनछौं’, ‘स्याङजा गएँ पाल्पा गएँ’, ‘सिन्दुर लाउने हौली माया’, ‘यहाँ यस्तै हुन्छ प्यारी’सँगै फिल्म ‘रामप्यारी’मा समावेश ‘छमछम ती पाउजुहरु बजाएर नाच’ बोलको गीतमा समेत आफ्नो स्वर भरिसकेका छन्। भिडियोमा नायिका नम्रता श्रेष्ठ र मोडल किरण गुरुङको नृत्य र रोमान्स समाबेश गरीएको भिडियोलाई रोहित बस्नेतले कोरियोग्राफी गरेका हुन्।

कमेन्ट गर्नुहोस्