पोखरामा पुस १३ देखि १९ औँ सडक महोत्सव हुँदै

पोखरा, २७ कार्तिक । ‘सडकमै खाउँ, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नाराका साथ पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा १९ औं संस्करणको सडक महोत्सव आगामी पुस १३ देखि १७ गतेसम्म हुँदैछ।

अंग्रेजी नव वर्षको अवसर पारेर रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराले हरेक बर्ष यस्तो महोत्सव आयोजना गर्दै आएको छ। लेकसाइडको फिष्टेल गेटदेखि खहरे र डिही पाटनसम्मको ३ किलोमिटरको सडकमा हुन लागेको पाँच दिने महोत्सवमा ५ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य आयोजकको छ।

कमेन्ट गर्नुहोस्