तनहुँ उद्योग वाणिज्य संघद्धारा होम स्टेका सामग्री वितरण

कविराज खनाल/ खैरेनीटार, २६ कार्तिक । तनहुँको शुक्लागण्डकी नगरपालिकामा वडा नं. २ मा रहेको भुजिकोट गाउँलाई होम स्टे र ऐतिहासिक पर्यटकीय गाउँकोे रुपमा विकास गर्ने उद्देश्यका साथ तनहुँ उद्योग वाणिज्य संघ दुलेगौडा वजार इकाई समिति र खैरेनीटार वजार इकाइ समितिको पहलमा विभिन्न फर्निचर सामाग्री भुजिकोट गाउँमा आमा समुहलाई एक समारोहका विच हस्तान्तरण गरियो ।

हस्तान्तरण समारोहका प्रमुख एवं तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णराज पण्डितले प्राकृतिक छटाले भरिपुर्ण ऐतिहासिक सुन्दर गाउँ भुजिकोट गाउँ कास्की र तनहुँको सिमाना पर्ने स्थलवाट अन्नपुर्ण हिमश्रृखला, पोखरा लेखनाथ शहर सजिलै अवलोकन गर्न सकिने र होम स्टेकोे रुपमा विकास गर्न सकिने सकिएको कुरामा जोड दिदै यस क्षेत्रको विकासमा पुर्वाधार खडा भइसकेका, विभिन्न सामाजिक संस्थाको पहल वाट भ्यु टावरको निर्माण, पिकनिक स्पोर्ट वनीसकेको हुँदा यहाँका वासिन्दाको आयआर्जन वढाउन सकिएमा यस क्षेत्रको विकासमा ठुलो सम्भावन रहेको कुरामा जोड दिए ।

सोही अवसरमा वोल्दै तनहुँ उद्योग वणिज्य संघ दुलेगौडा वजार इकाइका सभापति विमलप्रसाद रिमाल ले विगतमा २५ लाख रुपैयाको लागतमा भ्यु टावरको निर्माण भइसकेको र यस क्षेत्रको विकासको लागि संस्थागत रुपवाट निरन्तर रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष जगत वहादुर गुरुङ्ग, तुरतुरे वजार इकाइका सभापति राजन श्रेष्ठ, थर्पु वजार इकाइका सुमन घिमिरे, ठानप्रकाश न्यौपाने लगायतले यस गाउँको विकासको लागि व्यापरीहरु संस्थागत अग्रसर हुने कुरामा जोड दिएका थिए ।

भुजिकोट गाउँ एउटा ऐतिहासिक गाउँ हो । जुन गाउँ कास्की र तनहुँको सिमानामा रहेको छ । हालको शुक्लागण्डकी नगरापलिकाको वडा नं. २ मा रहेको सुन्दर गाउँ पृथ्वी राजमार्गको कोत्रे वजार देखि करिव ५ किलोमिटर पुर्व र दुलेगौडा वजार देखि ५ किलोमिटर उत्तरमा रहेको सफा र सुन्दर गाउँ पुग्नका  लागि यातायातको राम्रो सुविधा रहेको छ।

यस गाउँवाट पोखरा लेखनाथ पुरै शहर हेर्न पाइने र अन्नपुर्ण हिमाल, माछापुच्छ्रे, लम्जुङ्ग हिमाल, गणेश हिमाल र हिमसृङखला, सेती नदी, कास्की जिल्लामा रहेका ८ ओटा ताल, तरेली परेका भिर पाखा हरियाली वनजंगल अनी लाली गुरास फुलको सुगन्ध सहित आन्तरीक पर्यटक तान्न आजका दिनमा सफल रहेको छ भने आगामी दिनमा वाह्य पर्यटक भित्राउने लक्ष्यका साथ अगाडी वढेको भुजिकोट होम स्टे को रुपमा विकसित हुदै गएको छ ।

भुजिकोट गुरुङ्ग र मगर समुदाय मिलेर वसेको वस्ती एउटा गाउँ हो । यहाँ १ सय भन्दा वढी घर घुरी रहेका छन भने पर्यटकहरु वास वस्नका लागि होम स्टेको व्यवस्था भएको भुजिकोटमै उत्पादन भएका अन्न वाली तरकारी अर्गानीक खानेकुरा अनि यहाँको पुरानो सास्कृतिक कौरा र घाटु नाचले कसको मन छुदैन र ? ‘एक पटक पुग्नै पर्ने ठाउँ भुजिकोट गाउँ सम्झन पर्ने नाउँ‘

कमेन्ट गर्नुहोस्