गगनगौँडा वचत तथा ऋण सहकारीको सातौ साधारण सभा सम्पन्न

कविराज खनाल/लेखनाथ, २६ कार्तिक । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३२ तल्लोग गगनगौडा वचत तथा ऋण सहकारी संस्थाको सातौ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ। लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीले साधारण सभा उद्धघाटन गर्दै सहकारीले अन्य सहकारी संग सहकार्य गर्दै उद्यमशीलता र उत्पादनमुखी क्षेत्रमा लगानी गर्नका लागि आग्रह गरे ।

कार्यक्रममा समाजसेवी बुद्धिमान गुरुङ्ग, बिमला थापा, शिक्षा संयोजक रामप्रसाद तिवारी, ऋण समिति संयोजक टेकनाथ पन्थी, पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३२ का वडा सदस्य विष्णुप्रसाद तिवारी, गरिमा विकाश वैकका व्रान्च मेनेजर केश गुरुङ्ग, गगन कालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मेघराज पौडेल लगायतले कुनै पनि संस्था सहकारीको नीति नियम र मान्यता अनुसार संस्था पारदर्शिता र शुशासन अनुसार चल्नु पर्र्नेमा जोड दिदै आर्थिक क्षेत्र अझ फराकिलो बनाउन संस्थाको प्रगति र उन्नतिमा सवै सदस्य चिन्तीत हुने पर्नेमा जोड दिएका थिए ।

संस्थाका अध्यक्ष श्रीप्रसाद पन्थीको अध्यक्षतामा भएको सो कार्यक्रममा अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । विभिन्न व्यक्तित्वहरुलाई संस्थामा रहेर असल कार्य गर्नेलाई सम्मान गरिएको थियो भने संस्थाका सचिव वसन्तराज पौडेलले कर्याक्रम संचालन गरेका थिए।

कमेन्ट गर्नुहोस्