बाथरुम साँघुरो कुनामा लुकेको सर्पले घर नै भत्काइदिएपछि…

एजेन्सी। अस्ट्रेलियाको टाउन्सभिलेमा एउटा निकै आश्चर्यजनक घटना भएको छ । यहाँ बाथरुममा लुकेको सर्पका कारण एउटा घर नै भत्किएको छ । यो घरका मालिकले आफ्नो बाथरुममा सर्प लुकेको थाहा पाए जसलाई बाहिर निकाल्नको लागि घरको एक भाग नै भत्काउनुपरेको छ ।

भित्ताको बीचमा बनेको सानो चरबाट छिरेर भित्र लुकेर बसेको निकै खतरनाक सर्प देखेपछि घरमालिकले सर्प समात्ने एक्सपर्टलाई फोन गरेर बोलाए । सर्प समात्ने एक्सपर्टले सर्पलाई कुनामा त देखे तर उनलाई सर्प समात्ने कुनै सजिलो तरिका आएन।

एक्सपर्टले घरमालिकलाई यो सर्प टाइपान जातको भएको र यो पृथ्वीमा भएकामध्ये तेस्रो सबैभन्दा विषालु सर्प भएको बताए । यो सर्प धेरै लजालु स्वभावको हुने र मानिसबाट दुरी बनाएर बस्ने उनले बताए । यो सर्पको लम्बाइको हिसाबले यसलाई त्यत्तिकै बाहिर निकाल्नु निकै खतरनाक हुन सक्थ्यो । यही कारण घरको एक भाग भत्काइयो । त्यसपछि मात्र यो सर्पलाई समात्न सकियो ।

कमेन्ट गर्नुहोस्