बाबुले गरे बन्चरोले हिर्काएर माइती आएकी छोरी र दुई नातिनीको हत्या

रोल्पा, २५ कार्तिक । रोल्पा नगरपालिका–७ घापामा एक व्यक्तिले माइती आएकी छोरी र दुई नातिनीको बन्चरो प्रहार गरी हत्या गरेका छन् । ४० वर्षका लिलबहादुर पुन मगरले २५ वर्षीया छारी पेवामती केसी र नातिनीहरु दुई वर्षीया दिया केसी र एक वर्षीया मिया केसीको बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

मानसिक सन्तुलन ठिक नभएका पुनमगरले शुक्रबार बेलुका खाना खाएर सुत्ने क्रममा छोरी र नातिनीहरुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो । पुनलाई प्रहरीले पक्राउ गरेको छ । मृतकहरुको शव पाष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा लगिएको छ।

कमेन्ट गर्नुहोस्