फिफाका पूर्व अध्यक्ष ब्लाटरले यौन दुर्व्यवहार गरेको अमेरिकी गोलरक्षक होपको आरोप

काठमाडौँ, २५ कार्तिक । अमेरिकी महिला फुटबल टिमकी गोलरक्षक होप सोलोले विश्व फुटबलको प्रशासकीय निकाय फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । विश्वकप विजेता ३६ वर्षकी सोलोका अनुसार सन् २०१३ को बालोन ड’ओर अवार्ड समारोहमा ब्लाटरले उनीमाथि यौन दुर्व्यवहार गरेका हुन् ।

आफू अवार्ड प्रस्तुत गर्न स्टेजमा जाने बेला ब्लाटरले यौन दुर्व्यवहार गरेको सोलोको आरोप छ । पोर्चुगलको पत्रिका एक्प्रेसोसँगको कुराकानीको क्रममा ब्लाटरले आफ्नो हिपमा समातेको सोलोले बताएकी हुन् ।

आफू नर्भस भएका कारण यो कुरा पहिले नभनेको उनले बताएकी छन् । पछिल्लो समय यौन दुर्व्यहारमा परेको भन्दै घटना बाहिर ल्याउने क्रम बढेको छ। सोलोले अमेरिकी राष्ट्रिय टिमबाट दुई सय २ खेल खेलिसकेकी छन् ।

कमेन्ट गर्नुहोस्