१९ हजार कैदी मताधिकारबाट वञ्चित

काठमाडौं, २५ कार्तिक। अदालतले सजाय तोकेपछि जेल गएकाहरुलाई पनि नागरिक अधिकार हुन्छ, तर यत्ति हो, अरु जसरी स्वतन्त्र हिँडडुल गर्ने र चुनावमा उम्मेदवार बन्ने छुट उनीहरुलाई हुँदैन।

अरु बालिगझैं आफ्नो मत प्रकट गर्ने अधिकार बन्दी र कैदीलाई पनि हुने विश्वव्यापी मानवअधिकारको मान्यता छ। तर यसपालिको चुनावमा देशभरका झण्डै १९ हजार कैदी मताधिकारबाट बञ्चित हुँदैछन्।

कारागार व्यवस्था विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेका अनुसार यसपालि निर्वाचन आयोगले कैदीलाई अस्थायी मतदाताको नामावलीमा समेटेको छैन। त्यसैले नै उनीहरुले मताधिकार पाउने छैनन् । – अन्नपूर्ण पोस्ट दैनिकबाट

कमेन्ट गर्नुहोस्