नेइमारले भने,  म बार्सिलोना फर्कन चाहन्छु

कात्तिक । विश्वकै सबैभन्दा महंगा फुटबलर नेइमार जुनियरले आफू बार्सिलोनामा फर्कन तयार रहेको बताएका छन्।

केही दिन अघि फ्रेन्च लिगमा एक खेल प्रतिबन्धमा परेका नेइमार बार्सिलोना गएका थिए ।बार्सिलोना गएका बेला मेस्सी, स्वारेज र पिकेलाई भेटेका नेइमारले बार्सिलोना फुटबल क्लबका अध्यक्षको सार्वजनिक रुपमै आलोचना गरे पनि खेलाडीको भने आलोचना गरेका छैनन्।

नेइमारले मेस्सी, स्वारेज र पिकेलाई भेट्दै ‘के तिमीहरु मलाई फिर्ता बोलाउन चाहन्छौ ?’ भनेर सोधेको स्पेनिस सञ्चार माध्यमहरुले जनाएका छन् । नेइमारले हाँस्दै मेस्सीलगायत बार्सिलोनाका अन्य खेलाडीसँग आफू बार्सिलोनामा फर्कन चाहेको कुरा बताए पनि उनी साँच्चिकै बार्सिलोनामा फर्कने चाहना व्यक्त गरेको हुन सक्ने फुटबलका पण्डितहरुको विश्लेषण रहेको छ।

साथै नेइमार पिएसजीमा खुशी हुन नसकेको कुरा पनि बाहिर आइरहेको छ। पिएसजीमा अर्का स्टार खेलाडी काभानीसँग नेइमारको त्यति राम्रो सम्बन्ध नभएको बताइएको छ।

च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेनको चिर प्रतिद्वन्दी मानिए पनि नेइमारले बार्सिलोनाका अध्यक्ष बाहेक कसैको पनि आलोचना गरेका छैनन। नेइमारले आफूले बार्सिलोनाबाट बोनसबापतको २६ मिलियन युरो नि बाँकी रहेको बताउँदै आएका छन्।

कमेन्ट गर्नुहोस्