भाडामा दिएको घर खाली गराएपछि भित्र पस्दा उड्यो होस

एजेन्सी। इङ्याण्डको कोलोन शहरकी एक घरधनीले भाडामा दिएको आफ्नो घर खाली गर्न लगाइन्। भाडामा बस्नेले घर छोडेर गएपछि खाली भएको घरभित्र पस्दा उनको होसहवास उडेको छ। ६२ वर्षकी एंजेला लिमिंगले आफ्नो त्यो घरको फोटोहरु सोसल मिडियामा शेयर गरेकी छिन्।

त्यो घरमा तीन बच्चाकी आमा भाडामा बस्ने गरेकी थिइन्। घर खाली भएपछि त्यहाँ गएकी एन्जेलाले ढोका खोल्नासाथ त्यहाँ हर सामान छरिएको पाइन्। पूरै घरमा भयानक गन्ध आइरहेको थियो। जब एन्जेला बेडरुम र किचनमा पुगिन् त्यहाँ जानासाथ उनको होस उड्यो। जताततै सडेको खाना, टुटेफुटेका फर्निचर र जनावरको मलमूत्र फैलिएको थियो।

घरको यो हालत देखेर एन्जेलाले अदालतमा केस गरिदिइन्। अदालतबाट उनलाई केही समयको लागि जेल पनि पठाइयो तर केही दिन पछि नै उनलाई छोडियो। एन्जेलालाई घरको हालत सुधार गर्न १० हजार पाउण्ड (साढे १३ लाख नेपाली रुपैयाँ) खर्च लागेको छ।

कमेन्ट गर्नुहोस्