हात हाल्नासाथ सुन दिन्छ यो नदीले, अझै सुल्झिएको छैन यो रहस्य

एजेन्सी। अहिले सुन दिने नदी निकै चर्चामा छ । यो नदीले वर्षौंदेखि लगातार सुन दिइरहेको छ तर यहाँ कहाँबाट सुन आउँछ भन्ने कुरा अझै रहस्य नै छ।

भारतको झारखण्ड राज्यको रत्नगर्भा क्षेत्रबाट सुरु भएर बग्ने स्वर्णरेखा नदीमा सुन भरिएको छ। यहाँका आदिवासीले यो नदीको बालुवा छानीछानी सुनका कणहरु संकलन गर्छन् र सुनको व्यापार गर्नेहरुलाई बिक्री गछृन् । यसैबाट उनीहरुको जीवनयापन भइरहेको छ।

यहाँका आदिवासीका अनुसार यो नदीमाथि धेरै अनुसन्धान भइसकेका छन् । तर, यहाँ सुनका कण कसरी आउँछन् भन्ने अझै रहस्य नै छ । यो नदीसँग जोडिएको अर्को पनि आश्चर्यजनक कुरा छ । यो नदी आफ्नो उद्गम स्थलबाट निस्केपछि त्यस क्षेत्रका कुनै पनि अर्को नदीमा मिसिँदैन । यो नदी सिधै बंगालको खाडीमा मिल्न जान्छ ।

कमेन्ट गर्नुहोस्