२० बर्षे युवकको सनसनीपूर्ण खुलासा, वैज्ञानिक नै बने चकित

काठमाडौँ, २३ कार्तिक । रुसका एक युवकले हालै यस्तो दाबी गरेका छन् कि त्यसबाट वैज्ञानिकहरु पनि अचम्ममा परेका छन्। २० वर्षका बोरिस्का किप्रियानोभिचले आफू पहिले मंगल ग्रहमा बस्ने गरेको दाबी गरेका छन्। उनले अन्तरिक्षका ग्रहहरुको बारेमा यस्तो सटिक जानकारी प्रदान गरेका छन् कि त्यो वैज्ञानिकहरुका लागि पनि रहस्यको विषय बनेको छ।

उनका अनुसार, इजिप्टको पिरामिडसँग मंगल ग्रहको सम्बन्ध छ। जब इजिप्टको पिरामिड खुल्नेछ। तब संसार अहिलेको भन्दा फरक हुनेछ।बोरिसकाले इजिप्टको पिरामिडको बीचमा बनेको रहस्यमय व्यक्तिको भव्य सालिक खोल्ने राज पनि आफूले जानेको र त्यो सालिकको कानको पछाडिपट्टि कुनै भागमा रहेको बताएका छन्। त्यो खुलेसँगै दुनियाँ बदलिने उनको भनाइ छ।

उनका अनुसार, मंगल ग्रहमा पनि मानिसहरु बस्दछन्। त्यहाँका मानिसहरु ७ फिटजति अग्ला छन् । मानिसहरु जमिनमुनि बस्ने गर्दछन्। उनीहरु कार्वनडाइ अक्साइड लिएर बाँच्दछन् । उनीहरु कहिल्यै पनि मर्दैनन् किनकि ३५ वर्षपछि उनीहरुको उमेर नै रोकिन्छ। एजेन्सी

कमेन्ट गर्नुहोस्