बिहीबारका लागि रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्राको सटही दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६३ पैसा र विक्रिदर २७ रुपैयाँ ७९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४६ पैसा र विक्रिदर २८ रुपैयाँ ६२ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २१ पैसा र विक्रिदर २८ रुपैयाँ ३८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ५० पैसा र विक्रिदर २४ रुपैयाँ ६५ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३१ पैसा र विक्रिदर ९ रुपैयाँ ३६ पैसा रहेको छ। एक कुवेती दिनारको एकको खरिददर ३ सय ४२ रुपैयाँ २३ पैसा छ भने विक्रिदर ३ सय ४४ रुपैयाँ २१ पैसा रहेको छ।

एक बहराइन दिनारको खरिददर २ सय ७४ रुपैयाँ ८० पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ६९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

कमेन्ट गर्नुहोस्