रोनाल्डोले राखे यस्तो बाजी, मेस्सीलाई यसरी पछि पार्छु

काठमाडौँ, २२ कार्तिक । रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियोनो रोनाल्डोले यो सिजन अहिलेसम्म स्पेनिस ला लिगामा एक गोल मात्रै गरेका छन् । लिगका सुरुका चार खेल प्रतिबन्धका कारण गुमाएका रोनाल्डोले लिगमा गोलका हिसाबले राम्रो प्रदर्शन गर्न सकेका छैनन्।

तर उनले च्याम्पियन्स लिगमा भने राम्रो गरिरहेका छन्। उनका प्रतिस्पर्धीका रुपमा हेरिने गरेका बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी भने यो सिजन निकै फर्ममा देखिएका छन्। उनले अहिलेसम्म लिगमा १२ गोल गरिसकेका छन्। मेस्सी भन्दा ११ गोलले पछि परेको भए पनि रोनाल्डोले आफूले अब गोल गर्ने र मेस्सीलाई पछि पार्ने बताएको खबर आएको छ।

स्पेनिस रेडियो अनदा सिरोलाई उद्धृत गर्दै एक्सप्रेसले रोनाल्डोले टिमका साथी खेलाडी मार्सेलो र सर्जियो रामोससँग मेस्सीलाई पछि पार्ने भन्दै बाजी राखेको जनाएको छ। आफू अहिले पछि परेको भए पनि अब लगातार गोल गर्दै लिगको सर्वाधिक गोलकर्ताको सूचिमा आफू अघि जाने र पिचिची अवार्ड आफूले नै जित्ने भन्दै रोनाल्डोल बाजी राखेको खबरमा दाबी गरिएको छ।

कमेन्ट गर्नुहोस्