यो त्रिभूवन विमानस्थलमा हवाइजहाजभित्र बनाइएको अत्याधुनिक संग्रहालय

काठमाडौं । पच्चीस अर्व चौसठ्ठी करोड नेपाली रुपैया पर्ने, करिव आठ महिनामात्रै उडेको अत्याधुनिक हवाइजहाज एअरबस ३३०-३०० मा तयार पारिएको एभिएसन म्यूजियम सञ्चालनमा आएको छ । २०७१ साल फाल्गुन २० गते काठमाडौंमा अवतरण गर्ने क्रममा ग्राउण्डेड भएपछि सुरु भएको म्यूजियमको अवधारणाले नेपाल नागरिक उड्डयन प्राधिकरण र वेद उप्रेती ट्रष्टको सहकार्यमा काठमाडौंको सिनाम‌‌ गलमा शनिबारदेखि सार्थकता पाएको छ। अर्थात् म्यूजियम सञ्चालनमा आएको छ।

एउटा सर्वेक्षणअनुसार संसारभर अर्को एक दशकभित्र ४ लाख ५० हजार नयाँ हवाइ टेक्निसियन र ३ लाख ५० हजारभन्दा बढी पायलट आवश्यक पर्नेछन्। नेपाल लगायत कयौं देशहरूमा अहिले नै दक्ष पायलटहरूको अभाव देखिन्छ। यस्तो स्थितिमा संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठनले पायलटहरूको उत्पादन बढाउन उड्डयन व्यवसायीहरूको नयाँ पिढी कार्यक्रम सञ्चालन गरेको छ र संसारभरका आपू अन्तर्गतका नागरिक उड्ययन प्राधिकरणहरूलाई त्यस्तो कार्यक्रमहरू गर्न र गराउन निर्देशन समेत दिएको छ ।

यसै सन्दर्भमा नेपालको नागरिक उड्डयन प्राधिकरणले माध्यमिक र उच्चमाध्यमिक तहका विद्यार्थीहरूलाई उड्डयन क्षेत्रतर्फ आकर्षित गर्न कयौं कार्यक्रमहरू सञ्चालनगर्न गइरहेका बेला वेद उप्रेती ट्रष्टले ग्राउण्डेड एअरबस-३३० खरिद गरेर म्यूजियम बनाउने सोच बनाएको ट्रष्टले जनाएको छ । यसैको परिणाम स्वरूप नेपाल नागरिक उड्डयन प्राधिकरण र वेद उप्रेती ट्रष्टको सहकार्यमा शनिवारदेखि संग्रहालय सञ्चालनमा आएको हो ।

एभिएसन म्युजियमका उद्देश्यहरू :

१. युवापुस्तालाई नागरिक उड्डयनतर्फ आकर्षित गर्ने
२. हवाइइतिहास बारे जानकारी गराउने
३. उड्ययनक्षेत्रको वर्तमान अवस्था अनि भविष्यका सम्भावना र चुनौतीहरूका बारेमा जानकारी दिने
४. नेपालमै एउटा नयाँपर्यटकीय केन्द्र स्थापनागर्ने
५. शैक्षिक संग्रहालयको माध्यमले स्वदेशी तथा विदेशीहरूलाई ज्ञान र मनोरञ्जन एकैसाथ प्रदानगर्ने
६. विद्यार्थीहरूकालागि प्रेरणा र प्रोत्साहनको केन्द्र बनाउने।

कसरी बन्यो संग्रहालय ?

त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा ग्राउण्डेड भएको जहाजलाई धावनमार्गबाट २०० मिटर परसम्म लैजान पनि चार दिनलागेको थियो । जसका कारणले त्रिभुवन विमानस्थल चार दिनसम्म बन्दहुन पुगेको थियो। यस्तो विशालकाय जहाजलाई विमानस्थलको पूर्वी भागबाट म्यूजियम बनाउने स्थानसम्म ल्याउन दर्जनौं स्वदेशी र विदेशी प्राविधिकहरूले चार महिना सम्म लगातार काम गरेका थिए।

लामालामा लरीहरूमा उक्त जहाजका भागहरू राती १ बजेदेखि ३ बजेसम्म विमानस्थलबाट म्यूजियमस्थलसम्म ल्याइएका थिए । साँघुरो बाटो र लामो विमान भएकाले घुम्तीहरूमा अड्किएपछि क्रेनले समेत उठाएर दायाँवायाँ राख्दै अगाडि बढाउनु परेको थियो । यसरी जहाजलाई यहाँ ल्याएपछि हालको स्थितिमा पु-याउन पूरापुर ९ महिनालाग्यो। यस म्यूजियमले नेपालभरिका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरू म्यूजियम भिजिटका लागि स्कुलबाट सिफारिस लिई आएमा निःशुल्क र परिचयपत्र सहित आएका सबै विद्यार्थीहरूलाई ५०% छुट दिनेछ।

म्यूजियममा के छ ?

यस म्युजियमभित्र ३५० भन्दा बढी माईनेचर जहाजहरू, राईट ब्रदर्स मोडल जहाज, एयर बस ३३० विमानका रेपलिका, सयौं कमर्सियल एयरलाइनकाजहाजहरू, नेपालको हवाइ सेवा र नेपालीआकाशमा उडेका जहाजहरू, इक्वेरल हेलिकप्टर र कयौं ज्ञानवद्र्धक जानकारी उपलब्ध छ।

यो प्रत्येक दिनको बिहान १० बजेदेखि साँझ ५ बजेसम्म स१चालन हुने जनाईउको छ भने यसको प्रवेश शुल्क नेपाली विद्यार्थीको लागि १ सय ५०, नेपालीको लागि ३ सय, विदेशीको लागि ६ सय भ्याट सहित लाग्ने बताईउको छ। पहिलो महिना नेपाली विद्यार्थीलाई १ सय २५ रुपैयाँ, नेपाली अन्यलाई २ सय ५० र विदेशी लाई ५ सय रुपैयाँ लाग्ने बताईएको छ ।

हाम्रा कुराबाट साभार

कमेन्ट गर्नुहोस्