रोल्पा जलजला सेवा समाज कतारद्वारा गायिका कमला गुरुङको सम्मान तथा विदाई

चोम बिष्ट कतार

काठमाडौँ । प्रवासमा रोल्पालीहरुको शान्ति, सद्भाव र एकताको चाहना, बडा दसै तथा शुभ दिपावलीको शुभकामना भन्ने मुल नाराका साथमा रोल्पा जलजला सेवा समाज दोहा कतारले जिल्लाभित्र रहेका संस्थाहरुलार्इ एकत्रित समन्वय गर्दै शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ। यसैबीच साझा चौतारी रोल्पा जलजला सेवा समाज दोहा कतारले रोल्पाली चेली तथा लोक दोहोरी गायिका कमला गुरुङलाई सम्मान तथा विदाई गरेको छ।

यसअघि पनि रोल्पा जलजला सेवा समाज दोहा कतारले लामो समयदेखि दोहा कतारमा यस सस्थासँग आबद्ध रहेर काम गर्दै आएका व्यक्तिहरुलाई सम्मान गर्दै आएको थियो।

समाजका अध्यक्ष शिव बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रम समाजका महासचिव देबराज पुनले संचालन गरेका थिए।

कार्यक्रममा समाजका सल्लाहकार समयोजक बसन्त थापा सल्लाहकार सुर्य बिक, गोपाल केसी,भबिन्द्र बुढाथोकी,छवि गुरुङ प्रथम उपाध्यक्ष चोम बिष्ट,सचीव जीवन खड्का,सदस्य पुर्ण बिष्ट लगायतले गायिका गुरुङले कलाकार क्षेत्रबाट पुर्याएको सहयोग अतुलनीय रहेको बताएका थिए।

यसैगरी कार्यक्रमका सभापति सल्लाहकार समयोजक, सल्लाहकारले दोसल्ला ओढाइ कदर पत्रले सम्मान गरेको थिए। समाजको तर्फबाट सल्लाहकार संयोजक बसन्त थापाले मायाको चिनो समेत प्रदान गरेका थिए।

कमेन्ट गर्नुहोस्