लेबनानमा १० वर्षसम्म नेपाली युवतीको श्रमशोषण

गते प्रकाशित

काठमाडौँ, १८ कात्तिक । लेबनानमा १० वर्षदेखि घरेलु श्रमशोषणमा रहेकी नेपाली युवतीलाई त्यहाँको प्रहरीले उद्धार गरी नेपाल फर्काएको छ । मालिकद्वारा घरमै लुकाएर राखिएकी कालिका गाउँपालिका, रसुवाकी ३१ वर्षीया सोनाम मोक्तानलाई लेबनान प्रहरीले उद्धार गरी नेपाल पठाएको हो ।

मोक्तान रित्तै घर फर्किएकी छन्। उनले तलबबापत मात्र ३३ हजार अमेरिकी डलर (झन्डै ३४ लाख ६४ हजार रुपैयाँ) पाउनुपर्ने थियो। लेबनानी मानव अधिकारवादीको चर्को दबाबपछि प्रहरीले मालिकको घरबाट सोनामलाई उद्धार गरेको थियो।

सोनामलाई मालिक (स्पोन्सर) ले भिसा नलगाई गैरकानुनी हैसियतमा राखेको थियो। उनलाई दुई सातासम्म डिपोर्टेसन सेन्टरमा राखेर नेपाल पठाइएको हो, कान्तिपुरमा खबर छ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।