रहस्यमय उत्तर कोरिया : यस्तो खतरनाक आणविक दुर्घटनाको खबर २० दिन लुकायो

काठमाडौं, १५ कार्तिक । उत्तर कोरिया एक रहस्यमय देश हो । आफ्नो रहस्य र अमेरिकालाई दिइरहने धम्कीका कारण उत्तर प्रायः समाचारमा छाइरहेको हुन्छ । उत्तर कोरियामा केही दिनअघि ठूलो दुर्घटना भएको थियो । आणविक भट्टीमा भएको दुर्घटनामा परी २०० मानिस मारिएका थिए तर बाहिरी संसारले २० दिनसम्म यसको चालै पाएन ।

अक्टोबर महिनाको १० तारिखमा यो दुर्घटना भएको थियो । त्यसमा २०० जना मारिनुका अलावा १०० जना सुरुङमा फसे । तर ३१ अक्टोबरभन्दा अघिसम्म धेरैजसो सञ्चारमाध्यमले यो खबरको रिपोर्ट नै गरेनन् किनकि उनीहरूलाई यसका बारेमा थाहै भएन।
उत्तर कोरियामा सञ्चारमाध्यममाथि अंकुश छ । त्यहाँ खुलेर केही पनि लेख्न पाइँदैन । मिडियामा सरकारको नियन्त्रण छ। विदेशी पत्रकारले पनि उत्तर कोरियामा गएर रिपोर्टिङ गर्न पाउँदैनन् ।

यसपाली एक जापानी टीभीले दुर्घटनाको जानकारी शुरुमा दियो। तर उत्तर कोरियाली अधिकारीले अगाडि आएर यसको जानकारी दिएनन्।
दुर्घटना भयंकर भएकाले रेडियोएक्टिभ लीकको खतरा भयो । पंगी-री आणविक भट्टीमा यो दुर्घटना भएको थियो । अन्डरग्राउन्ड टनलमा यो दुर्घटना भएको थियो । यो न्युक्लियर साइट देशको उत्तरपूर्वी भागमा छ।

किम जोङ–उनले लगातार आणविक परीक्षण गरिरहँदा यो दुर्घटना भएको बुझिएको छ । उद्धारकार्य चलिरहँदा फेरि दुर्घटना भएको थियो। यसबाट देशको कमजोरी पनि उजागर भएको छ। तर यसका बाबजुद उत्तर कोरियाले लगातार परमाणु आक्रमणको धम्की दिइरहेको छ।
एजेन्सी

कमेन्ट गर्नुहोस्