मध्यरातमा विवाहित बहिनीलाई परपुरुषसँग भेटेपछि 

एजेन्सी । राति बहिनीलाई भेट्न पुगेका दाइले उठाएको कदमले प्रहरी चकित बनेको छ। १० दिन पहिले युवती हत्याको आरोपमा पक्राउ परेका उनका दाइले सोधपुछका क्रममा दिएको बयानले प्रहरी चकित भएको हो।

यो घटना भारतको इन्दौरस्थित जावरा भन्ने स्थानको हो। एक दिन दाइ आफ्नी बहिनीलाई भेट्न उनका घरमा पुगेका थिए। उक्त क्रममा उनले आफ्नी बहिनीलाई अर्कै युवकसँग भेटे। प्रेम विवाह गरेकी ती बहिनीका पति केही समयअघि जेल चलान भएका थिए। पति जेल गएपछि उनी अन्य युवकसँग लागेको उनका दाइले खुलासा गरेका छन्।

बहिनीको त्यो हर्कतबाट दिक्क भएका दाइले एक दिन खतरनाक कदम उठाएका हुन्। मध्यरातमा बहिनीलाई अर्कै युवकसँग देखेपनि आक्रोशित बनेका दाइले बहिनीलाई कारको डिक्कीमा हालेर नदीमा लगेर गए। त्यसपछि हात खुट्टा बाँधेर बहिनीलाई पानीमा फ्यालिदिएको उनले बयान दिएको भारतिय सञ्चारमाध्यमले जनाएका छन्।

विवाहित बहिनीको हर्कत देखेर पूरै परिवार दिक्क थियो । मातापिताले सम्झाउदापनि उनले कसैको कुरा मानेकी थिइनन्। उनको हर्कत देखेर परिवारका सबै सदस्य विष पिएर मर्ने स्थितिमा पुगेका थिए।

परिवारको आँखु देख्न नसकेर उनी बहिनीलाई भेट्न उनको घर पुगेका थिए। उहाँ उनले बहिनीलाई अर्कै युवतीसँग भेटे। त्यो दृष्य देखेका भाइले दुबैलाई कुटपिट गरे र बहिनीलाई गाडीको डिक्कीमा राखेर गए। नदीको छेउमा पुगेर उनले बहिनीलाई नराम्रो काम छोड्न धेरै सम्झाए, तर बहिनी मान्नका लागि तयार नभएपछि आक्रोशित बनेका उनलाई नदीमा फालिदिए। र भाइ कार लिएर घर फर्किएका थिए।

१२ अक्टुबरमा ती युवतीको शव फेला परेपछि प्रहरीले छानविन सुरु गरेको थियो। छानविनका क्रममा हत्याको आरोपमा युवतीका दाइ पक्राउ परेका हुन्।

कमेन्ट गर्नुहोस्