The news from New Generation with new vision.

बाल्यकालमा हावाको फोका उठेको देखेको तलाउमा ५० वर्षपछि गएर खोज्दा…

2

एजेन्सी। बाल्यकालका साना यादहरु महिलेकाहीँ निकै महत्वपूर्ण हुन्छन्। १९४४ मा युरोपको एस्टानियामा बस्ने साना बालकले आफ्नो घरनजिकै रहेको तलाउमा हावाका फोका उठिरहेको देखेका थिए। उनले त्यतिबेला त्यो कुरालाई वास्ता गरेनन्। तर, ५० वर्षपछि उनलाई त्यो घटनाको याद आयो। त्यसपछि तलाउमा गएर खोजी गरेका ती व्यक्तिले निकै अनौठो खोज गरेका छन्।

यी बालकले सानैमा एस्टोनियाको कुर्तना मटास्जर्व तलाउको बीचमा हावाका फोकाहरु निस्किरहेको देखेका थिए । यो घटनाले उनको दिमागमा गहिरो छाप छोडेको थियो। उनलाई त्यतिबेला त्यहाँ के छ भन्ने विषयमा कुनै जानकारी भएन। तर यसको ५० वर्षपछि उनले सामाजिक संजालमा यसको उल्लेख गरे। उनको कथाले केही युद्ध इतिहासमा रुचि राख्नेहरुको ध्यान तान्यो। अनुसन्धान टोलीका साथ ती व्यक्ति दोस्रो पटक त्यहाँ गए। करिब आठ घण्टाको खोजीपछि तलाउभित्रबाट यस्तो चीज निस्कियो जसको कसैले कल्पना पनि गरेको थिएन।

तलाउभित्र दोस्रो विश्वयुद्धको एक लडाकू ट्यांक डुबेको थियो। यदि यी व्यक्तिले आफ्नो बाल्यकालको घटना बिर्सिएको भए शायद यसलाई कहिल्यै खोज्न सकिने थिएन। अनुसन्धान टोली पूरै तयारीका साथ आएको थियो । उनीहरुले स्टील केबलको सहायतामा बुल्डोजरले ट्यांकलाई बाहिर निकाले । डिमले बिहान ९ बजेदेखि नै तलाउमा खोजी सुरु गरेको थियो।

८ घण्टासम्म खोज्दा केही नभेटिएपछि टिम निराश हुँदै थियो त्यत्तिकैमा हिलोमा डुबेको एउटा निकै गह्रौं चीच बाहिर निस्किएपछि उत्साहको संचार भयो। यो ट्यांक रुसमा बनेको थियो र जर्मन सेनाले प्रयोग गरेका थिए। यसको तौल ३० टनभन्दा बढी थियो। यसलाई बाहिर निकालेपछि जाँच गर्दा यसको इन्जिनले अहिले पनि काम गरेको पाइयो। यसलाई सैन्य संग्रहालयमा राखिएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आगामी राष्ट्रपतिय चुनावमा भाग लिने ट्रम्पको औपचारिक घोषणा
सम्बन्धित पाेष्टहरु