The news from New Generation with new vision.

यसो भन्छन् नेपाली कांग्रेसका सक्रिय युवा नेता राजीव श्रेष्ठ !

काठमाडौँ । युवाहरू आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हुन् । शाहस, सृजनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरको रूपमा रहेको हुन्छ, जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोत समेत मानिन्छ । नेपालमा युवा उमेर समूहको सङ्ख्या कुल जनसङ्ख्याको ३८.८५ प्रतिशत रहेको छ।

राष्ट्र निर्माणमा अग्रणी भूमिका खेल्नुपर्नेहरू, राष्ट्र निर्माणको ठेक्का लिएकाहरूबाट युवा वर्ग उपेक्षित हुँदैछ। परिणामस्वरूप दैनिक सयौं युवा पलायन भइरहेका छन् । केही देशमैं जेनतेन गुजारा चलाउँदैछन् । केही आम्दनीको लागि गलत बाटो हिंड्दैछन्। केहीलाई राष्ट्रको मतलब नै छैन । बचेका केहीले अवसर पाएका छन् तर निर्णायक तहसम्म पहुँच छैन।

यो अवस्थामा युवाले कसरी राष्ट्र निर्माण गर्न सक्छ रु युवाहरूको चौतर्फी विकास, राज्यको सबै अङ्मा उनीहरूको पहुँच पुर्याउने तथा आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा युवाको सहभागिता बढाउन सके मात्र युवाहरूले राष्ट्र निर्माण गर्न सक्छन् । विडम्बना यस्तो हुन सकेको छैन । तर देशमा भइरहेको पछिल्लो परीवर्तन र राजनीति लाई नजीक बाट नियाल्दै लोकतान्त्रिक परीवेश मा आफुलाइ एक हिस्सेदार ठान्ने युवा बर्गको उपस्थिति लाई स्वागत योग्य मान्न सकिन्छ।

लोकतान्त्रिक परीवर्तन को अभिभावक, नेपाली काङ्ग्रेस मा आगामी निर्वाचन मा हुन सक्ने युवा सहभागिता ले यतीबेला राम्रो चर्चा पाउन थालेको छ । देश का अधिकास जिल्ला बाट प्रतिनिधि सभा र प्रदेश सभा मा सीफारीस परेका मध्य नेपाली काङेस मा अधिकास स्थान मा युवा शक्ति को उपस्तिथि रहेको छ।  राजधानी को मध्यम बर्गीय परीवारमा जन्मे हुर्केका राजीव श्रेष्ठ काङ्ग्रेस काठमाडौ क्षेत्र न ७ (क) को प्रदेशसभा तर्फबाट प्रवल सम्भावना भएका उम्मेदवार हुन।

राजधानीकै प्रशिद्द सिद्धार्थ बनस्थली बाट स्कुल प्रारम्भ २०४३ सालमा एस एल सी र सोही क्याम्पस बाट आइ एस सी सकेपछि उनी बीएस्सी पढ्न त्रि-चन्द्र कलेजमा भर्ना भए र सोही समयमा बिद्यार्थी राजनीती प्रती उनी आकर्शित हुँदै गए, उनी युरोप र अमेरिका जान नसकेर नेपाल बसेका होइनन तर देश मै केही गरौं भन्ने भावना बोकेका उनी देश बनाउने जिम्मेवारी युवा को काधमा आइपुगेको र गणतान्त्रिक संघियता सहितको प्रदेश सभाका चुनौती सामना गर्न, युवाले नै परीवर्तन को जिम्मेवारी लीन सक्ने तर्क राख्दछ्न।

राजनितिलाई व्यवसायिक पेशा होईन, राजनीति निस्वार्थ समाजसेवा को एक पाटो हो भन्ने बुझाइ रहेका राजीव एक सफल ब्यवसायी हुन। विभिन्न सामाजिक संघ सस्था मा सम्लग्न उनी आम युवा का निम्ति प्रेरणा का श्रोत हुन । उनी नेपालमै केही गर्न सकिन्छ भन्ने एक उदाहरण पनि हुन । पोल्ट्री उपकरण ब्यवसायमा सफल र उत्कृष्ट ब्यवसायी भनेर देशभर उनलाइ चिनिन्छ।

२०४८ सालदेखि को नेपालको राजनीतिक परीवर्तन को लागि नेपाली काङ्ग्रेसले नेतृत्व लीएको हरेक आन्दोलनमा सकृय रुपमा लागेका उनी एमाले मावबादी बीच भएको बाम एकता लाई परास्त गर्न नेपाली काङ्ग्रेस ले सिक्षित लोकप्रिय र समाजको आवास्यता परीपुर्ती गर्न सक्ने युवा लाई स्थान दीनु पर्ने उनको तर्क छ।

राजनैतिक रुपमा सक्षम, बैचारिक रुपमा सबल र सामाजिक रुपमा उत्तारदायित्त्व निभाउन सक्ने शक्ति, साहस र स्वभिमान चाहिन्छ। उनी भन्छ्न स् अब कांग्रेसमा भएका उमेरले नेटो काटेका नेताहरुले बिश्राम लिदै दोश्रो पुस्ताले नेर्तित्व समाल्दै तेश्रो पुस्ताको युवा नेताहरुलाई राजनीति गर्ने अबसर दिए अहिले देखिएका बाम एकतालाई मथ खुवाउन कुनै चुनौती छैन।

किनभने युवा र जनता कम्युनिस्ट तानाशाही ब्यबस्था खासै रुचाउदैनन, जनताले युवा नेताको चाहना राख्छन, युरोप र अमेरिकामा जस्तै पूर्ण प्रजातान्त्रिक व्यवस्थामा आकर्षित छन, कांग्रेस पहिलेकै तरिकाले अगाडी बढ्छु भने दिवा स्वप्न मात्र हुन्छ जस्तो लाग्छ । बाम एकता भित्र युवा नेताहरु ट्राफिक जाम भए जस्तै भूमिका बिहिन भयोभने आन्तरिक द्वन्दले छिया-छिया हुन सक्छ, त्यसलाई क्यास गरेर कांग्रेसले युवा नेर्तित्वलाई प्राथमिकता दिन सके मुलुक प्रजातन्त्रमय र युवामय बन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु