वीरगन्ज महानगरको रोचक मतपरिणाम : राजपाको गति बढ्दा काँग्रेसलाई झट्का

वीरगञ्ज । तेस्रो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। पर्साका १४ स्थानीय तहमध्ये पाँच वटामा अग्रता लिँदै संघीय समाजवादी फोरम सबैभन्दा अगाडि देखिएको छ।

प्रदेश २ को एक मात्र महानगरपालिका वीरगञ्जमा भने राजपाको अग्रता कायमै राखेको छ।

महानगरपालिकामा अहिलेसम्म ७ हजार २ सय मत गन्दा प्रमुख पदमा राजपाका उम्मेद्वारले २१४३ र उप-प्रमुख पदमा २०१२ मत ल्याएर अग्रता लिइरहेका छन्।

राजपालाई पछ्याउँदै नेपाली कांग्रेसका उम्मेद्वारले १८०५ मत ल्याएका छन् भने उपप्रमुखमा कांग्रेसले १९७४ मत ल्याएकी छन्। कांग्रेले राजपासँगको मतान्तर ३३८मा पुर्‍याएको छ।

जारी मतगणनामा संघीय समाजवादी एक नगरपालिकासहित पाँच वटा तहमा अगाडि छ। नेकपा एमाले एक नगरपालिकासहित तीन स्थानीय तहमा, नेपाली कांग्रेस र माओवादी केन्द्र दुई/दुई स्थानीय तहमा तथा नेपाली जनता दलले एक गाउँपालिकामा अग्रता लिइरहेका छन्।

१४ स्थानीय तहमा कहाँ कसको अग्रता?

संघीय समाजवादी फोरम:

पोखरिया नगरपालिका
धोबनी गाउँपालिका
छिपहरमाई गाउँपालिका
जगरनाथपुर गाउँपालिका
सखुवा प्रसौनी गाउँपालिका

नेकपा एमाले:

पर्सागढी नगरपालिका
पटेर्बा सुगौली गाउँपालिका
बिन्दवासनी गाउँपालिका
नेपाली कांग्रेस:

बहुदरामाई नगरपालिका
जिराभवानी गाउँपालिका
माओवादी केन्द्र:

ठोरी गाउँपालिका
पकाहा मैनपुर गाउँपालिका
राजपा:

वीरगञ्ज महानगरपालिका
नेपाली जनता दल:

कालिका गापा

 

 

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *