धनुषाको हंशपुर नगरपालिका राजपाले बनायो रेकर्ड, काँग्रेसलाई पहिलो गाँसमा ढुगां

काठमाडौं । तेस्रो चरणको स्थानीय तह निर्वाचनमा आएको पहिलो स्थानीय तह हारजितको नतिजा प्राप्त भएको छ। राष्ट्रिय जनता पार्टी नेपालले नगरपालिकामा जित निकाल्दै पहिलो विजेताको रेकर्ड बनाएको छ। धनुषाको हंशपुर नगरपालिकाको मेयर र उपमेयरमा राजपा उम्मेदवार विजयी भएका छन् ।

मेयरमा रामज्ञान मण्डल र उपमेयरमा रेणु देवी झा विजयी भएका छन्। मण्डलले ३३२० मत पाए। रेणुदेवीले ३२७६ मत पाएर विजयी भइन्।

मेयरका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रदिप यादवले ३२२९ मत पाए भने उपमेयरमा कांग्रेसकै रामकुमारी कामतले ३०२७ मत पाइन्। मेयरमा ९१ मतको अन्तरले हारजित भएको हो।

स्थानीय तहको पहिलो विजेता बनेर राजपाले तेस्रो चरणको यो चुनावमा पहिलो जितको रेकर्ड राखेको छ। गाउँपालिका र वडाहरुमा उम्मेद्वारले जितेका नतिजाहरु आएपनि नगरपालिकामा आएको यो नै पहिलो नतिजा हो।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *