मेक्सिकोमा ७.१ रेक्टरको शक्तिशाली भूकम्प : १४० जनाको मृत्यु

काठमाडौं, ४ असोज । मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १४० जनाको मृत्यु भएको छ । राजधानीमै दजनौं घरहरु भत्किएका छन् । अहिले खोजी तथा उद्दार कार्य जारी छ । स्कुलका भत्किएका भवनहरुमा बालबालिका फसेको आशंका गरिएको अधिकारीहरुले बताएका छन् ।

७.१ रेक्टर स्केलको भूकम्पले राजधानी मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको छ । मंगलबार त्यस्तो समयमा भूकम्प गयो, जतिबेला मेक्सिको सिटीमा मानिसहरु भूकम्प आएको समयमा कसरी उद्दार गर्ने भनेर अभ्यास गरिरहेका थिए ।

मेक्सिकोमा ३२ वर्षअघि विनाशकारी भूकम्प गएको थियो, जसमा १० हजार मानिसले ज्यान गुमाएका थिए । यसै महिना ८.१ रेक्टर स्केलको भूकम्प देशको दक्षिणी भागमा गएको थियो, जसमा ९० जनाको मृत्यु भएको थियो ।मंगलबारको भूकम्पको केन्द्र पुएब्ला प्रान्तको एन्टेसिगो नजिकै थियो ।

यो इलाका मेक्सिको सिटीबाट १२० किलोमिटरको दुरीमा छ ।भूकम्पका कारण केहीबेर मेक्सिको सिटीको एयरपोर्ट समेत केहीबेर बन्द गरिएको थियो भने शहरको सबै घर खाली गरिएको थियो ।

 

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *