सन्नी लियोनी काठमाडौँमा अनलाइन जुवा खेलाउदै, प्रहरी समेत बेखबर (भिडियो सहित)

काठमाडौं ३ असोज । भारतीय अभिनेत्री सन्नी लियोनी केही दिनदेखि अनलाइन जुवा खेलाउन काठमाडौँ बसिरहेकी छिन्। जितविन डट कम अनलाइनमार्फत् काठमाडौंको र्‍याडिसन होटलमा जुवा खेलाइरहेको प्रचार फेसबुक लगायतका सामाजिक सञ्जालमा समेत गरिएको छ।

बाकारात, अन्दर बाहर, रोउलेट, क्यासम्यान जस्ता खेलहरु अनलाइमार्फत‍ खेलाइँदैछ। यी अनलाइन खेलहरुमा डिलर सन्नी लियोनी देखाइएको छ भने फोन नम्बरहरु एनसेलका नेपाली नम्बरहरु राखिएका छन्।  सन्नीले आफ्नो फेसबुक पेजमा समेत अनलाइन गेमको लाइभ भिडियोसमेत राखेर प्रचार गरिरहेकी छिन्।

प्रहरीलाई छैन जानकारी

नेपालमा अनुमति नलिई कुनै पनि अनलाइन जुवा खेलाउन पाइँदैन। सन्नी लियोनी नेपाल आएर जुवा खेलाइरहेको बारे कुनै जानकारी नभएको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानले भने ‘हामीलाई कुनै पनि जानकारी आएको छैन। नेपालमा अनलाइन जुवा खेलाउन पाइँदैन।’

नेपालमा खोलिएका क्यासिनोहरुमा पनि नेपाली नागरिकले जुवा खेल्‍न पाउँदैनन्।

Jeetwin Sunny Live Dealing

Playing Live with Sunny Leone on our website JeetWin !! Don't want to miss out? Visit www.jeetwin.net and register yourself now! For ongoing registration support, Live Chat with us on the website or WhatsApp us at +977-980-855-6762#खेलतेरहो #जीतेरहो #sunnyleone #jeetwin

Posted by JeetWin on Samstag, 16. September 2017

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *